काठमाडौंमा चिसो बढ्याे : न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

412

काठमाडौं । काठमाडौंमा शनिबार यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । “राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ”, मौसमविद् पौडेलले भने । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...