मन्त्री कार्कीद्वारा नवनिर्मित अस्थायी प्रहरी चौकीको उद्घाटन

149

सुनसरी । सुनसरीको तालतलैयामा नव निर्मित अस्थायी प्रहरी चौकी कार्यालय भवनको उद्घाटन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमबीच नवनिर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्कीले विधिवत् रुपमा समुद्घाटन गरेका छन् । अढाई तले सुविधा सम्पन्न उक्त भवन संसद विकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया विकास कोष र स्थानीय जन सहयोग गरी जम्मा ७० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व सांसद सर्वध्वज साँवा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, इटहरी उप-महानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगाएत स्थानीयवासीहरुको उपस्थित रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...