सुनको मूल्यमा सामान्य अंकले गिरावट

139

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु २ सयले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु २ सयले घटेर रु ९१ हजार ३ सयमा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५ सयमा कारोवार भएको थियो ।

तेजाबी सुन प्रतितोला रु ९० हजार ८ सयमा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १ सय ६५ मा कारोवार भएको छ । बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला रु एक हजार १ सय ७५ मा कारोवार भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...