प्युठानबाट काठमाडौं आउदै गरेको जिप त्रिशुलीमा खस्यो ३ जना बेपत्ता

318

चितवन : प्युठानबाट काठमाडौं आउँदै गरेको लु१च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिनभन्दा करिब दुई किलोमिटर वर त्रिशुलीमा खसेको हो ।अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुली नदीमा खसेको छ । गाडीमा सवार रोकाकी श्रीमती, छोरी र ड्राइभर बेपत्ता भएका छन भने उपााध्यक्ष  रोका त्रिशुलीमा पौडेर बाँच्न सफल हुनुभएको रोकाका आफन्त एवं झिम्रुक गाउँपालिकाका चालक शरद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालक सूर्य केसी, रोकाकी श्रीमती जमुना र छोरी जेनिसा बेपत्ता छन् ।

छोरीको उपचारका लागि रोका दम्पत्ती बुधबार राति काठमाडौं आउँदै हुनुहुन्थ्यो । पत्थरीको अप्रेसन गरेकी ११ बर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि रोका दम्पती काठमाडौं आउन लागेको थियो ।

रोकालाई  प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको छ भने बेपत्ताको खोजी गरिरहेको छ । घटनास्थलमा गोताखोरसहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ ।

घाइते हुनुभएका रोकाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार  छ ।

घटनाको #थप विवरण आउन बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...