छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

150

मोरङ । मोरङ बेलबारी-७ का ३७ वर्षीय नविन पौडेलको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।

सोमबार साँझ साढे ५ बजे बेलबारी-४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १-०२-०४२प ४२१६ नम्बरको मोटरसाइकल र को ३९ प ३८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा को ३९ प ३८०१ नम्बरको मोटरसाइकल चालक नविन पौडेल गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाइकलमा रहेका अन्य तिन जना समेत घाइते भएकोमा उनीहरुको उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी मोरङ पथरी शनिश्चरे-२ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बेलुका पौने ७ बजे को १ ख ६८३१ नम्बरको बसले मे ८ प ६३७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक झापा मेची नगरपालिका ९ बस्ने ३२ वर्षीय मुकेश प्रसाद पौडेल गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने बस र चालक संजय साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...