बाेलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

184

झापा । झापाको बिर्तामोड नगरपालिका-३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ सवा ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे१ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका-६ तेह्रथुमका २५ वर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी बिएन्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा साँढे ६ बजे मृत्यु भएको तथा बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...