साढे एकलाख नगदसहित जुवा खेल्ने १६ जना पक्राउ

147

मोरङ । मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रवार राति साढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६ सय ९५, कौडा १६ थान, एक बुङ तास, मोबाइल थान -१६, मोटरसाइकल -१९ वटा र २ वटा कार सहित १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका-७ का ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देबी प्रसाद प्रसाई, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई, ४० वर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका-८ का ४४ वर्षीय सन्त बहादुर राई, ३५ वर्षीय सागर गडतौला, ४५ वर्षीय दिपक ढुङगाना, ४५ वर्षीय देबराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता सतार, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका-७ का २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...