कोरोना संक्रमणबाट झापामा दुई जनाको मृत्यु

133

झापा । झापामा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए ।

योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । त्यस्तै, झापामा शुक्रबार २९ जना कोरोना संक्रमित थपिएका छन् । एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । बिर्तामोडमा पाँच, कनकाईमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या ३ हजार १ सय ९७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...