अज्ञात समूहद्वारा वाना स्वास्थ्य चौकीको एम्बुलेन्स तोडफोड

249

चैनपुर । सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ । अज्ञात समूहले बुधबार राति वाना प्राथमिक स्वास्थ्य चौकीको को१झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड भएको स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेब सुन्दर श्रेष्ठले जानकारी दिए ।

उनले तोडफोडबाट एम्बुलेन्सको अगाडि भागको सिसा फुट्नुका साथै विभिन्न भागमा क्षति पुगेको बताए । अज्ञात समूहले वाना स्वास्थ्य चौकीको मुलगेट समेत तोडफोड गरेको निमित्त प्रमुख श्रेष्ठले बताए । एम्बुलेन्स तोडफोड भएपछि चल्न नसक्ने अवस्थमा पुगेको छ।

उक्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले दुई वर्षअघि संघीय सांसद राजेन्द्र गौतमको सांसद विकास कोषको रकमबाट खरिद गरिएको थियो । एम्बुलेन्स तोडफोड भएपछि बिरामी ओसारपसार समस्या भएको स्थानीयले बताए ।

पाँचखपन नगरपालिकामा एक मात्रै एम्बुलेन्स थियो । एम्बुलेन्स तोडफोडमा संम्लग्नको खोजी कार्यका लागि प्रहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

Share This:
सम्बन्धित खबर
Loading...