दाङका संक्रमितको कोहलपुर अस्पतालमा मृत्यु

236

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर जाँचमा उनलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रँदै गएपछि बुधबार बिहान मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारको क्रममा ज्यान गुमाएका ४० र बाँके जिल्ला निवासी ३७ गरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...