बाँकेका नेकपा नेता भुसालको कोरोना संक्रमणबाट मृत्यु

133

राँझा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याइ भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याइ भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।

मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आइ ३८ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...