प्रदेश एकमा थप २७० जना संक्रमित : १९७ जना कोरोना मुक्त

131

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ५ सय ८८ जनाको पिसिआर परीक्षणमा ९५ महिला र १ सय ७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा मोरङका १ सय १२ मध्ये विराटनगरका ५८, सुनसरीका ९७, झापाका २९, उदयपुरका आठ, पाँचथरका पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम र खोटाङका एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।

संक्रमितको सङ्ख्या अहिलेसम्म २४ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यसप्रदेशमा सोमबार १ सय ९७ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको संख्या १८ हजार १ सय २८ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७९ हजार ९३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...