कोरोना भाइरसको संक्रमणबाट भारतमा थप आठ नेपालीको मृत्यु

122

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नइमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २ सय ९३ जना पुगेको छ । संघकाअनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएइ, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १ सय २९ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार २ सय २ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...