अमेरिकी राजदूतद्वारा सय थान भेन्टिलेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

116

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९)को उपचारमा थप सहयोग पुर्‍याउन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडी)ले एक सय थान भेन्टिलेटर सहयोग गरको छ । मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरे ।

सो अवसरमा मन्त्री ढकाल भने, “कोरोनाबाट सबैभन्दा प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । यसका लागि नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।” उनले विगतका पनि नेपाललाई अमेरिकाले महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग आजबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए । उनले सात प्रदेशमा सात/सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई/दुईवटाको दरले वितरण गरिने जानकारी दिए ।

सो अवसरमा अमेरिकी राजदूत बेरीले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी विधि उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको बताए । नेपालमा अहिलेसम्म ९ सय वटा भेन्टिलेटर र करिब २ हजार ६ सय सघन उपचार कक्ष (आइसियू) रहेका छन ।

Share This:
सम्बन्धित खबर
Loading...