कार चोरीमा सम्लग्न ४ जना पक्राउ

220

सुनसरी । घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-१ बस्ने २० वर्षीय प्रदिप चौधरी, ईटहरी-१३ का २० वर्षीय संजय सरदार, १९ वर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् ।

गत असोज २९ गते राति सुनसरीको ईटहरी उपमहानगरपालिका-१२ खनार बस्ने पुष्प नारायण चौधरीको घरबाट चोरी भएको बा९च ३४०३ नम्बरको कार असोज ३० गते मोरङको मंगलबारेमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

कार फेला परे सँगै चोरीमा सम्लग्नहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेका मध्ये प्रदिप चौधरीलाई कात्तिक २३ गते राति पुष्प नारायण चौधरीको घरबाट चोरी भएका अन्य समानहरु मोबाइल, बिभिन्न बैंकका एटिएम कार्डहरु सहित ईटहरी-१२ बाट पक्राउ गरिएको थियो ।

उनलाई पक्राउ गरिएसँगै उक्त घटनामा सम्लग्न रहेका अन्य ३ जनालाई समेत पक्राउ गरी चोरी मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...