विश्वभर पाँच करोड १९ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित

125

एजेन्सी । विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी संक्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

अमेरिका र भारतपछि बढी संक्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन् ।

अमेरिकामा दुई लाख ४७ हजार ३ सय ९८, ब्राजिलमा एक लाख ६३ हजार ४ सय ६ र भारतमा एक लाख २८ हजार १ सय ६५ व्यक्तिको मृत्यु भइसकेको छ । फ्रान्स, स्पेन, इटाली, बेलायत, मेक्सिको अर्जेन्टिना, जर्मनीलगयतका मुलुकमा पनि कोभिड–१९ संक्रमित हजारौँ व्यक्तिको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...