गण्डकीमा थप १६६ जना संक्रमण, एकको मृत्यु

145

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १२ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमण हुनेको सङ्ख्या नौ हजार ५ सय २१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म चार हजार ९ सय ६५ जना निको भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या चार हजार ४ सय ४४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...