कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ४२ हजारभन्दा बढीको मृत्यु

136

वासिङटन, एएफपी । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १ सय ९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४ सय ४३ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३६ हजार ६४ जनको मृत्यु भएको छ । अमोरिकामा ९७ लाख ३३ हजार ३५९ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार १५ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ३१ हजार १ सय ८१ कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९ सय ५० जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७ सय २४ कोरोना भाइरस संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ३ सय २३ जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार १ सय ३८ जना संक्रमित भएका छन् । बेलायतमा ४८ हजार ५ सय ६५ जनाको मृत्यु भएको छ भने ११ लाख ४९ हजार ७ सय ९१ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ६ सय ३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...