प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

160

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन रु ९७ हजार २ सयमा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७ सयमा कारोवार भएकामा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७ सयमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला रु एक हजार २ सय १० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २ सय ५५ मा कारोवार भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...