आइपिएल क्वालिफायर : मुम्बइद्वारा दिल्लीलाई २०१ रनकाे लक्ष्य

183

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) काे पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स सामू मुम्बइ इन्डियन्सले २ सय १ रनको विशाल चुनौति पेश गरेको छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएकाे मुम्बइले निर्धारित २० ओभरमा पाँच विकेटकाे क्षतिमा २ सय रन बनाएकाे थियाे । चाेटमुक्त भइ फर्किएका मुम्बइका कप्तान राेहित शर्मा आजकाे खेलमा पनि फ्लप रहे । उनी दिल्लीका स्पिनर रविचन्द्रन आश्विनकाे पहिलाे बलमा नै एलबिडब्ल्यु धरापमा परे ।

दाेस्राे विकेटका लागि सूर्यकुमार यादवसँग ६२ रनकाे अर्धशतकीय साझेदारी गरेका अर्का ओपनर क्वुइन्टन डि कक पनि आश्विनकाे बलमा शिखर धवनद्वारा क्याच आउट भए । उनले आउट हुन अघि ४० रन बनाएका थिए । यस्तै डि ककले मुम्बइबाट आइपिएलमा एक हजार रन पुरा गरेका छन् ।

यसैगरी, यादवले ३८ बलमा २ छक्का र ६ चाैकाकाे मद्धतमा ५१ रन बनाए । यादवकाे याे जारी आइपिएलमा तेस्राे अर्धशतक हाे । यस्तै, क्रुणाल पाण्ड्याले १३ रन बनाए भने किराेन पाेलार्ड शून्य रनमा आउट भए ।

मुम्बइका इशान किशन र हार्दिक पाण्ड्याले मध्यक्रममा आक्रामक पारी खेलेपछि मुम्बइले विशाल याेगफल बनाएकाे हाे । उनीहरूले छैटाैं विकेटका लागि २१ बलमा ६० रनकाे साझेदारी गरे । किशनले ३० बलमा ५५ तथा पाण्ड्याले १४ बलमा ३७ रनकाे अविजित पारी खेले ।

दिल्लीका रविचन्द्रन आश्विनले ३ तथा एनरिच नाेर्ट्जे र मर्कूस स्टाेइनिसले समान एक-एक विकेट लिए ।

आजकाे विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टाेलीले एलिमिनेटरबाट आएकाे विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...