जनता आवासको रकम फ्रिज : स्थानीयद्वारा कार्यालयमा तालाबन्दी

151

वीरगञ्ज । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको रू एक अर्ब फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन् ।

संघीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको सो रकम शहरी विकास तथा भवन कार्यालय अन्तरगत गौरमा रहेको सो एकाइले खर्च गर्न नसेर फ्रिज भएपछि आक्रोसित नेपाल राष्ट्रिय मुसहर संघ र मधेशी दलित विकास महासंघको अगुवाइमा दलितहरूले तालाबन्दी गरेको मधेशी दलित विकास महासंघका अध्यक्ष धर्मेन्द्र पासवानले बताए ।

कार्यालयका कर्मचारीहरूको उदासिनताको कारण गरिब, दलित तथा असहाय परिवारका लागि आएको सो बजेट फ्रिज भएपछि बाध्य भएर ताला लगाउनु परेको दलित अगुवाहरूको गुनासो थियो । गतवर्षदेखि नै सो रकम निकासामा अवरोध हुँदै आएकोले करिब तीन हजार घरपरिवार आवासविहिन भएका छन् ।

घर निर्माणका लागि सो समुदायले फारम दर्ता गराउनेदेखि आवश्यक कागजात तथा प्रमाण जुटाउन प्रति परिवार रू ५ हजारसम्म खर्च गरेपनि उपलब्धि केही नभएको उनीहरूको आरोप थियो । सोमबार गौरस्थित सो कार्यालयमा पुगेका दलित आक्रोसित भइ नाराबाजी गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...