कोरोना संक्रमणबाट एकैदिन दमकमा तीन जनाको मृत्यु

143

दमक । यहाँ आइतबार साँझ फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज साँझ ६ बजे दमक नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया महिलाको मृत्यु भएसँगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

नगरपालिका, स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनको उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु भएको हो । संक्रमणबाट दमकमा एकैदिन यतिका संख्यामा मृत्यु भएको पहिलो हो ।

यसअघि आइतबार बिहान मात्र दुई संक्रमित पुरुषको मृत्यु भएको थियो । यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ र जिल्लामा ४७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...