आइपिएल २०२० : चेन्नइ विकेटले ९ विजयी, पञ्जाब प्रतियाेगिताबाट बाहिरियाे

231

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलावेन पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार सम्पन्न भएको खेलमा चेन्नइ सुपर किङ्ससँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्यो ।

अघिल्लो चरणमा प्रवेशका लागि आजको खेलमा जित्नै पर्ने दवाबमा रहेका पञ्जाब यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको चेन्नइसँग ९ विकेट पराजित भयो ।

अबुधाबीस्थित, शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पञ्जाबले मध्यम सुरुवात गर्यो । पहिलो विकेटका लागि कप्तान लोकेश राहुल र मयंक अग्रवालले ४८ रनको साझेदारी गरे ।

राहुल २९ तथा अग्रवाल २६ रनको व्यक्तिगत स्कोरमा आउट भए । पञ्जाबका दीपक हूडाले सर्वाधिक रन जोडे । उनले ३० बलमा ४ छक्का र ३ चौकाको मद्धतमा नटआउट ६२ रनको पारी खेले ।

चेन्नइका लुङ्गी एनगिडीले ३, रविन्द्र जडेजा, इम्रान ताहिर र शार्दुल ठाकुरले समान एक-एक विकेट हात पारे ।

१ सय ५४ रनको मध्यम चुनौति पाएको चेन्नइले ओभरमा विकेट गुमाउँदै पुरा गर्यो । चेन्नइको जितमा रितुराज गायकवाड र अम्बाती रायुडुले नटआउट ६२ र ३० रनको योगदान दिए । यस्तै, फाफ डु प्लेसिसले ४८ रनको पारी खेले ।

अन्तिम खेलमा पञ्जाबलाई ९ विकेटकाे विशाल अन्तरले हराउँदै चेन्नइले सुखद अन्त्य गर्याे । १४ खेलमा ६ मा जित र ८ मा हारसहित १२ अंक जाेडेकाे दुबै टाेली रनरेटका आधारमा पञ्जाब पाँचाैं र चेन्नइ साताैं स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...