महालक्ष्मीबाट साढे ११ लाख नगदसहित १८ जुवाडे पक्राउ

206

ललितपुर । ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट रु ११ लाख ५५ हजार ५७५ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी गराए ।

पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...