कोरोना संक्रमणबाट लहानकी ६२ वर्षीया महिलाको नेबेल अस्पतालमा मृत्यु

174

लहान । कोरोना संक्रमणबाट शुक्रबार सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमित भइ विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।

ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।

संक्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...