प्रदेश एकमा थप ४६८ जना संक्रमित

150

मोरङ । प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४ सय ६८ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४ सय ४५ जनाको पिसिआर परीक्षणमा १ सय ६४ महिला र ३ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरका १ सय ३४ सहित मोरङका २ सय ७, सुनसरीका २ सय, झापाका २९, तेह्रथुमका सात, उदयपुरका चार, इलामका तीन, धनकुटा र सङ्खुवासभामा दुई/दुई, भोजपुर र ताप्लेजुङका एक/एक र प्रदेश बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १२ हजार ७ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा शुक्रबार २ सय २१ जना संक्रमित निको भइ घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५ सय ६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...