२४ घण्टामा ४,३९२ जनामा कोरोना पुष्टि :देशभर ३७,३८२ जना सक्रिय संक्रमित

189

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप चार हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या एक लाख २६ हजार १ सय ३७ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । हालसम्म ८८ हजार ४० जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा तीन हजार ५ सय २२ संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर हाल ३ सय १५ संक्रमितको अतिसघन कक्षमा उपचार भइरहेको तथा ७७ संक्रमितलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको बताइएको छ ।

प्रदेश नम्बर १ मा ३२ संक्रमित अतिसघन कक्षमा र नौ भेन्टिलेटरमा, प्रदेश नम्बर २ मा १३ संक्रमितको अतिसघन कक्षमा र एक जनाको भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय ७० संक्रमितको अतिसघन कक्षमा र ५८ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० संक्रमितको अतिसघन कक्षमा र चार जनाको भेन्टिलेटरमा, लुम्बिनीमा ५४ संक्रमितको अतिसघन कक्षमा र दुई जनाको भेन्टिलेटरमा, सुदूरपश्चिममा आठ संक्रमितको अतिसघन कक्षमा र दुई जनाको भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा १८ कोरोना संक्रमितको हाल अतिसघन कक्षमा उपचार भइरहेको डा गौतमले जानकारी दिए ।

हाल देशभर ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित रहेको तथा २५ हजार ४६ संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । होम आइसोलेसनमा रहेका संक्रमितको सङ्ख्या प्रदेश नम्बर १ मा चार हजार ६५, प्रदेश नम्बर २ मा ७ सय ३२, बागमती प्रदेशमा १५ हजार ९ सय ६८, गण्डकी प्रदेशमा ९ सय ३०, लुम्बिनीमा दुई हजार १ सय ६५, कर्णाली प्रदेशमा ७ सय १६ तथा सुदूरपश्चिम प्रदेशमा ४ सय ७० छ । हाल चार हजार ८ सय ८ संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

यस्तै हालसम्म प्रदेश नम्बर १ मा पाँच हजार ७ सय ३३, प्रदेश नम्बर २ मा १२ हजार २ सय ९१, बागमतीमा २० हजार ४ सय ९३, गण्डकीमा तीन हजार ५ सय ५५, लुम्बिनीमा नौ हजार ५ सय ५५, कर्णालीमा तीन हजार १ सय ८५ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार १ सय ५५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हाल चार हजार २ सय ३ जना क्वारेन्टिनमा छन् ।

काठमाडौंमा दुई हजार बढी संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंका एक हजार ७ सय ८४, ललितपुरका ३ सय ७४ तथा भक्तपुरका २ सय ४४ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

२१ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या ७ सय १५ पुगेको छ । बिहीबार १९ जनाको मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...