ललितपुरमा पाँच हजार बढीलाई कोरोना संक्रमण

163

ललितपुर । ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको सङ्ख्या पाँच हजार २ सय ६० पुगेको हो ।

त्यसैगरी, अहिलेसम्म कोरोना निको भइ घर फर्कनेको सङ्ख्या दुई हजार ६ सय ७२ रहेको छ । यसैगरी, जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ५ सय ४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नम्बर ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक हप्ता अघिदेखि गाह्रो भइ घरमा बसेको र मंगलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उनले बताए । यसैगरी महानगरपालिकाका वडा नम्बर ९ लगायत वडा नम्बर ८, वडा नम्बर १२, वडा नम्बर १६, वडा नम्बर १९ र वडा नम्बर २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेका महर्जनले जानकारी गराए ।

यसैगरी महानगरपालिकामा संक्रमित सङ्ख्या तीन हजार ४ सय २८ पुगेको छ । तीमध्ये कोरोना निको भइ घर फर्कनेको सङख्या एक हजार ७ सय ३१, सक्रिय संक्रमित एक हजार ५ सष्य ८८ र मृतकको सङ्ख्या २७ पुगेको महानगरपालिकाले जनाएको छ ।

बिहीबार महानगरपालिकामा भेटिएका ८२ संक्रमितमा कति महानरवासी त कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको र्‍यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताइन् । “यहाँ कोरोना संक्रमित सङ्ख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफै जिम्मेवार हुुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन र भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेका छौँ”, गुरुङले भनिन्।

गोदावरी नगरपालिकामा संक्रमित सङ्ख्या ३ सय ८२ पुगेको छ । तीमध्ये निको भई घर फर्कनेको सङ्ख्या २ सय १५ र संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकामा कोभिड संक्रमित सङ्ख्या ६ सय १६ पुगेको छ । तीमध्ये संक्रमण मुक्त भइ स्वास्थ्य लाभ गर्ने २ सय ५६, संक्रमित ३५७ र मृतकको सङ्ख्या तीन पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मीभित्र कोरोना संक्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।

अर्का तर्फ दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा संक्रमित सङ्ख्या १३ पुगेको छ । तीनमध्ये आठ घर फर्किसकेका र पाँच होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महतोले बताए । बागमती गाउँपालिकामा संक्रमित सङ्ख्या १५ पुगेको छ । तीमध्ये घर फर्किने सात र एक व्यक्ति अस्पताल र बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनाले बताए ।

महाङ्काल गाउँपालिकामा संक्रमित सङ्ख्या १४ पुगेको छ । तीमध्ये घर फर्किनेको सङ्ख्या नौ र सक्रिय संक्रमित पाँच रहेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । रासस

Share This:
सम्बन्धित खबर
Loading...