आइपिएल २०२० : बेङ्गलोरद्वारा पञ्जावलाई १७२ लक्ष्य

204

काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेञ्जर्स बेङ्गलोरले किङ्स इलावेन पञ्जावलाई जितका लागि १ सय ७२ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको बेङ्गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

पावरप्लेमा राम्रो सुरुवात गरेको बेङ्गलोरले पहिलो ६ ओभरमा ५७ रन जोडेको थियो । टोलीका लागि सर्वाधिक रन कप्तान विराट कोहलीले बनाए । उनले ३९ बलमा ३ चौकासहित ४८ रन जोडे । यस्तै, शिभम् दुवेले २३, आरोन फिन्चले २०, देवदत्त पडिक्कले १८, वासिङटन सुन्दरले १३ रनको पारी खेले ।

यसैगरी क्रिस मोरिस र इरुसु उदनाले नटआउट २५ तथा १० रनको योगदान दिए ।

पञ्जावका मुरुगन आश्विन र मोहम्मद शामीले २-२ तथा अर्शदीप सिंह र क्रिस जोर्डनले एक-एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...