जर्मनी कोभिड संक्रमणको गम्भीर अवस्थामा आएको छ : मार्केल

189

बर्लिन, सिन्ह्वा । जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को संक्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छन् । जर्मनीमा पछिल्लो समयमा कोभिड १९का संक्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएकी हुन् ।

“हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ ” उनले भनिन् । उनले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका संक्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको बताइन् ।

बिहीबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम संक्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने हो भनिन् ।

जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उनले स्पष्ट गरिन् । उनले भनिन्, “हामी आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नु पर्दछ ।”

Share This:
सम्बन्धित खबर
Loading...