चितवनका २० जनाले गरे प्लाज्मा दान

167

चितवन । कोरोना संक्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७०औँ स्थापना दिवसको अबसरमा बिहीबार यहाँ आयोजना गरिएको कार्यक्रममा उनीहरुले प्लाज्मा दान गरेका हुन ।

नारायणगढमा भएको कार्यक्रममा २० जनाले संक्रमित अन्य बिरामीहरुलाई उपचारमा सहज वनाउनका लागि प्लाज्मा दान गरेका हुन् । कोरोनामुक्त बनेका प्रहरी र सर्वसाधरणले प्लाज्मा दान गरेका हुन । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।

कोराना संक्रमित बिरामीलाई कोरोनामुक्त बनेका व्यक्तिबाट शरिरमा बनिसकेको एण्टीबडी अर्को संक्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ संक्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए । उनका अनुसार अब दसैँपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...