हेटौंडाका कोरोना संक्रमितको चितवनमा मृत्यु

119

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बुधबार साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...