हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नइ छैटाैँ स्थानमा

138

काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो ।

१ सय ६८ रनको लक्ष्य पच्छाएको हैदराबादले १ सय ४७ रन मात्र बनाउन सक्यो । पावप्लेमा कप्तान डेविड वार्नरलाई टोलीको स्कोर २३ रन हुँदा गुमाएको थियो । वर्नर साम कुरानको बल खेल्ने क्रममा व्यक्तिगत ९ रनमा क्याच एन्ड बोल्ड भए ।

यस्तैगरी, तेस्रो क्रममा ब्याटिङमा आएका मनिष पाण्डे सोही ओभरमा रन लिने क्रममा ड्वाने ब्राबोद्वारा रनआउट भए । यस्तै, हैदराबादका केन विलिम्सनले सर्वाधिक ५७ रनकाे पारी खेले । उनले ३९ बलमा ७ चाैकाकाे मद्धतमा ५७ रन जाेडेका थिए ।

यसैगरी, प्रियम गार्ग १६, विजय शंकरले १२ तथा राशिद खानले १४ रनकाे पारी खेलेपनि टाेलीलाई हारबाट बचाउन सकेन । हैदराबादलाई अन्तिम ओभरमा जितका लागि २२ रनकाे आवश्यकता परेकाे थियाे । चेन्नइका कप्तान धाेनीले बलिङका लागि ड्वेन ब्राबाेलाई बल थमाए । अन्तिम ओभरमा हैदराबादले मात्र १ रन जाेड्दा शाहबाज नदीमलाई विकेटकाे रूपमा गुमायाे ।

चेन्नइका कर्ण शर्मा र ड्वेन ब्राबाेले २-२, शार्दूल ठाकुर, साम कुरान र रविन्द्र जडेजाले समान एक-एक विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ६७ रन बनाएको थियो ।

चेन्नइको सुरुवात भने खराब रह्यो । चेन्नइका ओपनर फाफ डु प्लेसिस सन्दीप शर्माको बलमा शून्य रनमा आउट भए । यस्तै, दोस्रो विकेटका लागि २५ रनको साझेदारी गरेका साम कुरान सन्दीप शर्माकै बलमा बोल्ड आउट भए ।

तेस्रो विकेटका लागि सेन वाट्सन र आम्बाती रायुडुले ८१ रनको अर्धशतकीय साझेदारी गरे । आउट हुनअघि वाट्सनले ४२ तथा रायुडुले ४१ रन बनाए ।

यस्तै, महेन्द्र सिंह धोनीले २१ तथा रविन्द्र जडेजाले नटआउट २५ रनको योगदान दिए ।

हैदराबादका सन्दीप शर्मा, टी नटराजन र खलिल अहमदले समान २-२ विकेट लिए ।

जितसँगै चेन्नइ ८ खेलमा तीनमा जित र पाँचमा हारसहित ६ अंक जाेड्दै तालिकाकाे छैटाैँ स्थानमा उक्लिएकाे छ भने पराजित हैदराबाद पाँचाै स्थानमा यथावत रहेकाे छ । अंक तालिकाकाे शीर्ष स्थानमा मुम्बइ इन्डियन्स समान १० अंक भएपनि रनरेटका आधारमा पहिलाे स्थानमा रहेकाे छ । यस्तै, दिल्ली क्यापिटल्स दाेस्राे, राेयल च्यालेञ्जर्स बेङ्गलाेर तेस्राे र काेलकात्ता नाइट राइडर्स चाैथाे स्थानमा रहेकाे छ । यसैगरी, राजस्थान राेयल्स साताैँ र किङ्स इलावेन पञ्जाव पुछारमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...