मंगलबार थप ३,५५६ जनामा संक्रमण : सक्रिय संक्रमितको संख्या ३५ हजार नाघ्यो (सूचिसहित)

173

काठमाडौं । देशभरि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तीन हजार ५ सय ५६ जनालाई देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ५ सय ५६ जनामा संक्रमण देखिएको जानकारी दिए । तीमध्ये एक हजार २ सय ३३ महिला र दुई हजार ३ सय २३ जना पुरुष रहेका छन् ।

मंगलबार देखिएका संक्रमितमध्ये प्रदेश नम्बर १ मा ३ सय २३ जना, प्रदेश नम्बर २ मा १ सय २० जना, बागमती प्रदेशमा दुई हजार ३ सय ९३ जना, गण्डकी प्रदेशमा ७३ जना, लुम्बिनी प्रदेशमा ४ सय ५ जना, कर्णाली प्रदेशमा १ सय ३२ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १० जना रहेका छन् । अहिलेसम्म १२ लाख सात हजार ९१ परीक्षण गरिएकामा एक लाख १५ हजार ३ सय ५८ जनामा संक्रमण देखिएको छ ।

उनका अनुसार विगत २४ घण्टामा एक हजार ५ सय ३ जना संक्रमण निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म ७८ हजार ७ सय ८० जनाको रोग निको भएको छ । नेपालमा निको हुने दर ६८.३ प्रतिशत रहेको छ । उनका अनुसार ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन ।

यस्तै संस्थागत आइसोलेसन १५ हजार ४८ जना, होम आइसोलेसनमा २० हजार ८ सय ६७ जना र चार हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म सघन उपचार कक्ष (आइसियु)मा ३ सय ७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।

प्रवक्ता डा गौतमका अनुसार काठमाडौं उपत्यकामा दुई हजार १ सय २९ जना संक्रमण देखिएको छ । तीमध्ये ७ सय ८९ महिला र एक हजार ३ सय ४० जना पुरुष रहेका छन् । काठमाडौं जिल्लामा एक हजार ७ सय ४६ जना, ललितपुरमा २ सय १६ जना र भक्तपुरमा १ सय ६७ जना संक्रमित थपिएका छन् ।

२६आश्विन २०७७_कोभिड-१९_राष्ट्रिय_अध्यावधिक_विवरण (1)
Share This:
सम्बन्धित खबर
Loading...