विराट कोहलीको कप्तानी पारीमा बेङ्गलोरको सहज जित

193

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेङ्गलोर विजयी भएको छ । बेङ्गलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय ५५ रनको मध्यम चुनौती पाएको बेङ्गलोरले पाँच बल बाँकी रहँदा २ विकेटकाे क्षतिमा लक्ष्य पुरा गर्यो । बेङ्गलोरको जितमा विराट कोहली र देवदत्त पडिक्कलले अर्धशतकीय पारी खेले । राम्रो सुरुवात गरेका बेङ्गलोरका अष्ट्रेलियन ओपनर आरोन फिन्च २.३ ओभरमा राजस्थानका श्रेयास गोपालको बलमा एलबिडब्ल्यु धरापमा परे । उनले आउट हुन अघि ८ रन बनाएका थिए ।

दोस्रो विकेटका लागि कप्तान कोहलीसँग ९९ रनको साझेदारी गरेका पडिक्कल ६३ रनमा आउट भए । राजस्थानविरुद्ध अर्धशतक प्रहार गरेका पडिक्कल प्रतियोगितमा तीन अर्धशतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन् । उनले सनराइजर्स हैदराबादसँग ५६, मुम्बइविरुद्ध ५४ रनको पारी खेलेका थिए ।

कोहलीले ७२ तथा एबी डि भिलियर्स १२ रनमा नटआउट रहे ।

राजस्थानका जाेफ्रा आर्चर र श्रेयास गाेपालले एक-एक विकेट लिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका कप्तान स्टेभन स्मिथ र जोस बट्लरले पावरप्लेको तीन ओभरमा राम्रो सुरुवात गरेका थिए । आउट हुनअघि स्मिथले ५ तथा बट्लरले २२ रन बनाएका थिए ।

चौथो विकेटका लागि रोविन उथप्पा र महिपाल लोमारले ३९ तथा पाँचौं विकेटका लागि लोमरले नै रियान परागसँग ३५ रनको साझेदारी गरेपछि राजस्थानले सम्मानजनक योगफल बनाएको हो । लोमरले सर्वाधिक ४७, उथप्पाले १७ तथा परागले १६ रनको योगदान दिए ।

खेलको अन्त्यतिर राजस्थानका राहुल तेवाटिया र जोफ्रा आर्चरले आक्रामक पारी खेल्दै नटआउछ २४ र १६ रन जोडे ।

बेङ्गलोरका युजवेन्द्र चाहलले ३, इरुसु उदानाले २ तथा नवदीप सैनीले १ विकेट लिए ।

जितसँगै बेङ्गलोर चार खेलबाट ६ अंक जाेड्दै तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । यस्तै, ४ अंकसहित राजस्थान छैटाैं स्थानमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...