चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

209

रौतहट । चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारका १८ वर्षीय छोरा जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको २० वर्षीय छोरा सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एंव प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

उहाँका अनुसार कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको तीनदिन अघि चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएको हो । आफ्नै घर अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा यही असोज २३ गते सो मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए । विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...