आइपिएल २०२० : बेङ्गलोरद्वारा काेलकात्तालाई १९५ रनकाे लक्ष्य

134

काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेङ्गलोरले कोलकात्ता नाइट राइडर्सलाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा २ विकेटकाे क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

पहिलो विकेटका लागि आरोन फिन्चसँग ६७ रनको अर्धशतकीय साझेदारी गरेका देवदत्त पाडिक्कल पहिलो विकेटका रुपमा आउट भए । उनले २३ बलमा १ छक्का र ४ चौकाको सहयोगमा ३२ रन बनाएका थिए । यस्तै फिन्च पनि ४७ रनको बनाउँदै प्रसिद्ध कृष्णको बलमा बोल्ड आउट भए ।

यसैगरी, विराट काेहली र एबी डि भिलियर्सले ३३ र ७३ रनकाे नटआउट पारी खेले । तेस्राे विकेटका लागि कप्तान काेलहीसँग १ सय रनकाे साझेदारी गरेका एबी डि भिलियर्सले आक्रामक पारी खेले । उनले ३३ बलमा ६ छक्का र पाँच चाैकाकाे मद्धतमा ७३ रनकाे अर्धशतकीय पारी खेले ।

काेलकात्ताका प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान एक-एक विकेट लिए ।

समान ६ खेल खेलेकाे काेलकात्ता र बेङ्गलाेरले चारमा जितसहित ८ अंक बटुल्दै रनरेटकाे आधारमा काेलकात्ता तेस्राे तथा बेङ्गलाेर चाैथाे स्थानमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...