जबरजस्ती करणी मुद्दामा बालिकाको सङ्ख्या धेरै

199

प्यूठान । प्यूठानमा हुने जबरर्जस्ती करणीका मुद्दामा बालिकाहरु धेरै पीडित रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार बालिकाहरुमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता हुने सङ्ख्या वृद्धि भएको हो ।

चालू आवको साउन महिनायता जिल्ला प्रहरीमा परेका छ वटा जबरजस्ती करणीका मुद्दामध्ये पाँच जना बालिकामाथि भएको जबरर्जस्ती करणीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए । आव २०७६/७७ मा १८ वटा मुद्दा दर्ता भएकामा १२ जना बालिका रहेका थिए । आव २०७५/७६ मा पनि १८ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएकामा बालिकामाथि जबरजस्ती करणीका मुद्दा सात वटा थिए ।

प्रायः घटनामा चिनेजानेका तथा आफन्तबाट नै भएको देखिएको सूचना अधिकारी ढकालले बताए । हालको परिस्थितिमा धेरैजसो व्यक्तिसँग स्मार्ट फोन रहेको हुँदा सामाजिक सञ्जालमा अश्लिल भिडियो हेरी घटनामा संलग्न हुने गरेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...