कोरोनाबाट कोसी अस्पतालमा दमककी ६८ वर्षीया महिलाको मृत्यु

107

दमक । झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विराटनगरको कोसी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्यु भएको हो । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको शनिबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । यसअघि दमक–१ का एक ५८ वर्षीय संक्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...