आइपिएल २०२० : दिल्लीद्वारा मुम्बइलाई १६३ रनको लक्ष्य

103

काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दोस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बइ इन्डियन्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

अबुधाबीस्थित, शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो ।

पहिलो ओभरमा ओपनर पृथ्वी शाँलाई गुमाएको दिल्लीका लागि अर्का ओपनर शिखर धावनले नटआउट ६९ रनको पारी खेल्दै सम्मानजनक योगफल बनाएको थियो । उनले ५२ बलमा १ छक्का र ६ चौकाको मद्धतमा उक्त रन बनाएका थिए । यस्तै, कप्तान श्रेयास आयरले ४२ रन जोडे ।

यसैगरी, दिल्लीका लागि पहिलो खेल खेलेका अजिङ्क्य रहानेले १५, एलेक्स क्यारीले नटआउट १४ तथा मर्कूस स्टोइनिसले १३ रनको योगदान दिए ।

मुम्बइका क्रुणाल पाण्ड्याले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...