काेराेना संक्रमणबाट चितवनमा एककाे मृत्यु

206

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा शनिबार साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको । जसमध्ये ५ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...