यी स्थानमा शनिबार दिनभर बत्ती काटिदै

186

काठमाडौं-बालाजु र पुल्चोक  वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा शनिबार दिनभर बत्ती काटिने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने टेकु‚ पुल्चोक र रिङरोड फिडरमा नयाँ फिडर निर्माण कार्य गर्नुपर्ने भएकाले शनिबार  बिहान ९ बजेदेखि दिउसो  ४ बजेसम्म सटडाउन हुनेछ। उक्त फिडरअन्तर्गत सानेपा स्टार हस्पिटल, मेघा , नयाँँ बाटो, सिद्धार्थ कटेज, पटिपा चोक,  भनिमण्डल क्षेत्रहरुका बत्ती काटिनेछ।

 

त्यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने ढुङ्गे धारा र गोलढुङगा फिडरमा रिङरोड विस्तार कार्यक्रमअन्तर्गत एच टी लाइन तथा पोल सार्ने काम भइरहेकाले शनिबार बिहान ११ बजेदेखि दिउसो  ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।  ढुङगे धारा, वनस्थली, अन्नपुर्ण चोक, फुलबारी गेट, नागार्जुन, लोलाङ,  जितपुर क्षेत्रलगायतका स्थानमा बत्ती काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ  ।

Share This:
सम्बन्धित खबर
Loading...