आइपिएल २०२० : हैदराबादकाे तेस्राे जित, पञ्जाव ६९ रनले पराजित

125

काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० प्रतियोगिता अन्तरगत सरराइजर्स हैदराबाद विजयी भएको छ । जितसँगै अंक तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ ।

२ सय २ रनको लक्ष्य पच्छाएको किङ्स इलावेन पञ्जाव १६.५ ओभरमा १ सय ३२ रनमा समेटियो । पञ्जावका निकोलास पूरनले ७७ रन तथा लोकेश राहुल र सिम्रन सिंहले समान ११/११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । पञ्जावका मोहम्मद शामी, शेल्डोन कोटरेल र अर्शदीप सिंह शून्य रनमा आउट भए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

पहिलो विकेटका लागि हैदराबादका कप्तान डेविड वार्नर र जोनी बेइस्ट्रोले १ सय ६० रनको साझेदारी गरे । वार्नरले ५२ रनको योगदान दिएका थिए । यस्तै ५५ बलको सामना गरेका बेइस्ट्रोले ६ छक्का र ७ चौकाको मद्धतमा ९७ रन बनाए । उनी आइपिएल २०२० मा विदेशी खेलाडीको तर्फबाट पहिलो शतक बनाउन ३ रनले चुके ।

६ खेलबाट समान ३ खेलमा जीत र हारसहित ६ अंक जोडेको हैदराबाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै पराजित पञ्जाव दुई अंकसहित पुछारमा रहेको छ । तालिकामा मुम्बइ पहिलो र दिल्ली दोस्रो स्थानमा रहेका छन् । यस्तै, कोलकात्ता, बेङ्गलोर, चेन्नइ र राजस्थान क्रमश चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा रहेको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...