तुलसीपुर उपमहानगर प्रमुख पाण्डेलाई कोरोना संक्रमण

737

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तुलसीपुरमा बिहीबार मात्रै २१ जना संक्रमित थपिएको फोकल पर्सन केसीले बताए । यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सबै वडा कार्यालय एकसाताका लागि बन्द हुने भएका छन् ।

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बिहीबार बसेको आपत्कालीन बैठकले यही असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाले प्रदान गर्दै आएका अत्यन्त आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै कर्मचारीमा कोरोना पुष्टि भएपछि भूमि सुधार तथा मालपोत कार्यालय पनि बन्द गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...