राहुल त्रिपाठीको अर्धशतकीय पारीको मद्धतमा कोलकात्ताद्वारा चेन्नइलाई १६८ रनको लक्ष्य

190

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० अन्तर्गत कोलकात्ता नाइट राइडर्सले चेन्नइ सुपर किङ्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । कोलकात्ताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान गरे । ५१ बलको सामना गरेका त्रिपाठीले ३ छक्का र ८ चौकाको मद्धतमा ८१ रन बनाए । यस्तै, प्याट कमिन्सले नटआउट १७ रन बनाए । यसैगरी, सुनिल नारायनले १७, दिनेश कार्तिकले १२, सुभमन गिलले ११ रनको पारी खेले ।

चेन्नइका ड्वेन ब्राबोले ३ तथा साम कुरना, कर्ण शर्मा, शार्दूल ठाकुरले समान दुई-दुई विकेट लिए ।

चार खेलबाट समान दुई खेलमा जित र हार ब्याहोरेको कोलकात्ता रनरेटका आधारमा एक खेल बढी खेलेको चेन्नइभन्दा अघि चौथो स्थानमा रहेको भने चेन्नइ पाँचौं स्थानमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...