भेरी अस्पतालमा उपचाररत महिलाको कोरोना संक्रमणबाट मृत्यु

113

नेपालगञ्ज । नेपालगञ्जमा बुधबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको बुधबार दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, बाँकेमा बुधबार ३६ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् । निको हुनेमा ११ महिला र २५ पुरुष छन् । योसँगै बाँकेमा कोरोना संक्रमण निको हुनेको सङ्ख्या एक हजार ७ सय ९ पुगेको श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...