झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना संक्रमण, कार्यालय अनिश्चिकाल बन्द

270

झापा । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण भएको छ ।

आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उनले बताए । “लक्षण केही देखिएको छैन”, उनले भने, “मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ ।”

जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...