ला लिगा : बेञ्जिमा चम्किँदा रियल मड्रिड शीर्ष स्थानमा

326

एजेन्सी । स्पेनिस लिग ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड विजयी भएको छ । शनिबार घरेलु मैदानमा सम्पन्न खेलमा मड्रिडले ह्युस्कालाई ४-१ गोल अन्तरले पराजित गरेकाे हो ।

मड्रिडको जितमा करिम बेञ्जिमाले दुई, इडेन हाजार्ड र फेडेरिक भल्भर्डेले एकएक गोल गरे भने पराजित ह्युस्काका डेविड फेरिइरोले सान्त्वना गोल फर्काए ।

दुई टोलीबीच सुरुवातदेखि नै प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलमा घरेलु टोलीले पकड बनाएपनि गोल भने गर्न सकिरहेका थिएनन् । पहिलो हाफमो ४०औं मिनेटमा मड्रिडका इडेन हाजार्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमो अन्त्यतिर अर्का फर्वाड करिम बेञ्जिमामाले लुकास भाज्केजले दिएको क्रसलाई बेन्जेमाले उत्कृष्ट नियन्त्रणमा लिँदै गोल गर्दा पहिलो हाफमा अग्रता दोब्बर बनायाे ।

यसैगरी, मड्रिडले दोस्रो हाफको ५४औं मिनेटमा फेड्रिको भल्भर्डेले गोल गर्दै मड्रिडको अग्रता तेब्बर बनायाे । भल्भर्डेले बेञ्जिमाको पासलाई सदुपयोग गर्दै पोस्टको दिशा दिएका थिए ।

३-० ले पछि परेको ह्युस्काले ७४औं मिनेटमा गोल फर्काए । उसका लागि डेविड फेरिइरोले मड्रिडका डिफेन्डरलाई छक्याउँदै गोल गरे ।

यसैगरी, खेलको अन्त्यतिर मड्रिडले चौथो गोल गर्यो । ९०औं मिनेटमा मार्सेलोको क्रसमा रोड्रीगोको हेडर ६ यार्ड बक्सभित्र खस्दा अनमार्क रहेका बेञ्जिमाले हेडरमार्फत गोल गर्दै ४-१ को जित सुनिश्चित गरे ।

जितसँगै मड्रिड अंक तालिकाकाे पुनः शीर्ष स्थानमा उक्लिएको छ । मड्रिडले ७ खेलबाट पाँचमा जित एक बराबरी र एकमा हारसहित १६ अंक जोडेको छ । यस्तै पराजित ह्युस्को ८ खेलबाट पाँच अंकसहित तालिकाको १८औं स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...