काठमाडौं– पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले सार्बजनिक गरेको छ।
बुधबार मात्र बिभिन्न स्थानमा १५ जनाको कोभिड-१९ कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा कोभिड-१९ को कारण अहिलेसम्म ५७८ सङ्क्रमितको मृत्यु भैसकेको छ । यस्तै निको हुने सङ्क्रमितको सङ्ख्या ६८ हजार नाघेको छ।