प्रदेश एकमा थप १३४ जना कोरोना संक्रमित

141

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६४ महिला र ७० जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा सुनसरीका ५७, मोरङका ४२ मध्ये विराटनगरका ३२, झापाका ३१, तेह्रथुमका एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्ममा कोरोना संक्रमितको सङ्ख्या १८ हजार ३ सय ८४ पुगेको छ भने बिहीबार विभिन्न स्थानबाट ७० जना सहित हालसम्ममा १० हजार १ सय ७९ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो सो अवधिमा प्रदेशमा ४ सय ४२ जना सहित कूल एक लाख ५६ हजार ९ सय ८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...